राजनीति

प्रधानन्यायाधीश जबराद्वारा न्यायाधीशहरु समक्ष आफ्नो सम्मानजनक निकासको प्रस्ताव


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीशहरु समक्ष आफ्नो सम्मानजनक निकासको प्रस्ताव गर्नुभएको छ । सर्वोच्च अदालतका अरु न्यायाधीशको तर्फबाट छलफलका लागि गएका न्यायाधीशसमक्ष उहाँले सम्मानजनक निकासको प्रस्ताव गर्नुभएको बुझिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँगको छलफलका लागि न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई पठाएका थिए । छलफलका क्रममा सोमबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि समेत सुनुवाइ गर्नेबारे छलफल भएको बताइएको छ ।