खेलकुद

शेर्पा सञ्चार समूहद्धारा आयोजित म्याराथन दौडको उपाधि सुमन र अनितालाई


काठमाडौँ – शेर्पा सञ्चार समूह नेपालले पहिलो पटक आयोजना गरिएको खुला हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।

सञ्चारले काठमाडौँको गोकर्णेश्वर नगरपालिका– ४ स्थित राष्ट्रिय शाहिद तथा निजामती पार्कमा आयोजना गरेको २१ कि.मि हाफ म्याराथन प्रतियोगिताको उपाधी सोलुखुम्बु महाकुलुङ गाउँपालिकाका सुमन कुलङ र भोजपुरकी अनिता राईले जितेका छन् । कुलुङले १ घण्टा ११ मिनेट ११ सेकेण्डमा २१ किलोमिटरको दुरी पार गरेर पहिलो भएका हुन् । ७५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका कुलुङले १२ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

खुला माहिला तर्फ भोजपुरकी अनिता राईले निर्धारित दुरी १ घण्टा ३० मिनेट ३२ सेकेण्डमा २१ किलोमिटरको दुरी पार गरेर पहिलो भएका हुन् । १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका राईले १२ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
खुला पुरुषतर्फ संखुवासभाका पासाङ दोर्जी शेर्पा द्धितीय र भोजपुरका उमेश राई तृतिय स्थान प्राप्त गरेका छन् । उनीहरुले नगद ८ हजार, ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।


खुला माहिलातर्फ सिन्धुपाल्चोककी नितु तामाङ दोस्रो र प्यूठानकी हुमी बुढामगर तेस्रो भएका छन् । दोस्रो र तेस्रो हुनेले नगद ८ हजार, ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । भने ३५ वर्ष उमेर समूहतर्फ काठमाडौँका धर्म महर्जन, गोर्खाका भीम गुरुङ र दाङका भीम बहादुर गुरुङ क्रमश पाहिलो, दोस्रो र तेस्रो हुन सफल भएका छन् । उनीहरुले क्रमश नगद १२ हजार, ८ हजार र ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।


नेपाल शेर्पा संघका अध्यक्ष गेल्जेन शेर्पा लामाले उद्धघटन गरेको २१ किलोकिटर म्याराथन प्रतियोगिताको समापन अखिल नेपाल फुटबल सघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले गर्नुभएको थियो ।


खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न र वर्षको एकदिन शहरकै उत्सवको रुपमा प्रतियोगितालाई स्थापित गराउने उद्देश्यले “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद“ भन्ने नाराका साथ हाफ म्याराथन आयोजना गरिएको थियो ।


अध्यक्ष पासाङ शेर्पाले सञ्चार माध्यमले सबै क्षेत्रलाई समेटदै वृद्धि र विकासको लागि उत्तिकै तत्परता देखाउनु पर्ने भएको हुँदा यस संस्थाले शेर्पा समुदायकलाई पनि खेलकुदमा जागरुक गर्ने उद्देश्यले खेलखुदको माध्यमबाट आपसी सद्भाव सहिष्णुता कायम गर्दै युवाहरुमा रहेको खेल प्रतिभालाई उजागरका साथै खेलाडी उत्पादनमा विशेष टेवा पुगोस भन्ने उदेश्यकले हाफ म्याराथन प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।


शेर्पा संञ्चार समूह नेपालले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत नियमित रुपमा समाचार लेखन तालिम, फोटो पत्रकारिता, उद्घोषणलगायत सञ्चारसँग सम्बन्धित विभिन्न तालिमहरु प्रदान गर्दै आईरहेको छ । शेर्पा समुदायमा सञ्चार माध्यमको महत्व र आवश्यक्ताका विषयमा सचेतना र जागरण सम्वन्धी कार्यक्रमहरु आयोजना गर्दै आएकोछ । संस्थाले विशेष गरी मूलधारका मिडियामा शेर्पा समुदायको उपस्थिती बढाउन विभिन्न तालिमहरु आयोजना गर्दै आएको छ ।