राजनीति

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अविलम्ब सम्पन्न गर्न बालकृष्ण खाँणको निर्देशन


काठमाडौँ – कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिनुभएको छ । आइतबार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रधानमन्त्री खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अविलम्ब सम्पन्न गरेर उद्घाटन हुने अवस्थामा पु¥याउनको लागि निर्देशन दिनुभएको हो ।

उहाँले सो विमानस्थललाई मास्टर प्लान अनुसार नै बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यवाहक प्रधानमन्त्री खाँणले बुद्धको उपदेशलाई संसारभर पु¥याउन र आफ्नो जिवनमा अनुशरण गर्न सबै संवेदनशील हुन आग्रह पनि गर्नुभयो ।