राजनीति

सैनिक अदालतमा पठाएको मुद्दा जिल्ला अदालतमै फर्काउन सर्वोच्चको अन्तरिम आदेश


काठमाडौँ — सर्वोच्च अदालतले जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौंडा इजलासले सैनिक अदालतको क्षेत्राधिकार हुने भनी पठाएको मुद्दा जिल्ला अदालतमै फर्काउन अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले नेपाली सेनाका एक कर्मचारीमाथि लागेको कर्तव्य ज्यानसम्बन्धी मुद्दाको सुनुवाइ नियमित अदालतमा नै हुने गरी आइतबार अन्तरिम आदेश जारी गरेको हो ।