राजनीति

बार परिसरमा आन्दोलनको विरुद्धमा आन्दोलन


काठमाडौँ – नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बार परिसरमा आन्दोलन गरेका छन् । कानून व्यवसायीहरूले जबराविरुद्ध आइतबार १० बजेदेखि ११ बजेसम्म कालो पट्टी बाधेर प्रदर्शन गरेका हुन् ।

‘न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्धको नेपाल बार एसोसिएसनको अभियान’ भन्दै ‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने’ प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने उनीहरूको माग छ ।

त्यस्तै बारकै परिसरमा प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गर्ने विरुद्ध नै आन्दोलनमा उत्रिएका छन् । केही कानून व्यवसायीहरू हातमा सेतो पट्टी बाधेर प्रधानन्यायाधीश जबराको समर्थनमा प्रदर्शन गरेका हुन् । यस्तै, केही कानुन व्यवसायी भने हातमा सेतो र कालो दुवै पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका छन् । न्यायालयमा केही सकारात्मक र केही नकारात्मक क्रियाकलाप भएको भन्दै दुवैथरी पट्टी बाँधेर प्रदर्शन गरिएको उनीहरूले बताएका छन् ।