राजनीति

आन्दोलनकै बीच प्रधानन्यायाधीशले तोके पेशी


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरूको आन्दोलनकै बीच आइतबारको पेशी तोकेका छन् । प्रधानन्यायाधीशले सात वटा संयुक्त इजलासमा पेसी तोकेका हुन् ।

जबराले दुईवटा पूर्ण इजाससमेत तोकेका छन् । उनको भूमिकाप्रति असन्तुष्ट रहेका सर्वोच्चका न्यायाधीशहरु भावी रणनीतिबारे ठोस निर्णय लिन बैठक बसिरहेका बेला जबराले आफूसहितको १२ वटा इजलास तोकेका हुन् ।

प्रधानन्यायाधीश जबराले राजीनामा दिनु पर्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरू आन्दोलनमा छन् । ५ दिनको अल्टिमेटम दिएको कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आइतबार हातमा कालोपट्टी बाँधेर सर्वोच्चमा एक घण्टा धर्ना दिएका छन् । सर्वोच्चका २० न्यायाधीशमध्ये १८ जना जबराविरोधी कित्तामा उभिएका छन् । न्यायाधीशहरुले मार्गप्रशस्त गर्न आग्रह गरे पनि जबरा राजीनामा नदिने अडानमा छन् ।