काठमाडौँ – विश्वका प्रमुख २० अर्थतन्त्रका नेताहरूले ठूला व्यवसायहरूको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेका छन् । बहुराष्ट्रिय कम्पनीहरूले कम कर प्रावधानहरूका फाइदा उठाउँदै आफ्ना नाफा घुमाउरो तरिकाले बढाउने गरेका भन्ने चिन्ताका माझ सम्झौता अनुमोदन भएको हो । कोभिड महामारी सुरु भएयता विश्व नेताहरूले भौतिक उपस्थितिमा पहिलो पटक बैठक भएको हो । १९ वटा राष्ट्र र युरोपेली संघ सदस्य रहेको जी–२० सम्मेलनमा चीन र रुसका राष्ट्रपति भने सहभागी भएनन् ।
बिजनेस
प्रतिक्रिया