राजनीति

प्रधानन्यायाधीशविरुद्ध नयाँ रणनीति बुन्दै न्यायाधीशहरु


काठमाडौँ – इजलास बहिस्कार गर्दै आएका सर्वोच्चका न्यायाधीशले आइतबार नयाँ रणनीति बनाएर अघि बढ्ने भएका छन् । गत सोमबारदेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गरेका उनीहरुले थप निर्णय लिने भएका छन् ।

बिदामा बसेका सबै न्यायाधीशहरु आइतबार उपस्थित हुने र बिहान ११ बजेपछि बैठक बसेर एउटा निर्णयमा पुग्ने एक न्यायाधीशले जानकारी दिए । आज बिदामा बसेका न्यायाधीशहरूको पनि उपस्थिति रहने छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको विषयमा प्रश्न उठेपछि गत मंगलबार नै उनीहरुले राजीनामा दिन सुझाएका थिए ।