काठमाडौँ – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले जलवायु परिवर्तन र कोरोना भाईरसको समस्या समाधानका लागि जी ट्वान्टी राष्ट्रका नेताहरुलाई एकजूट हुन अपिल गरेका छन् ।
इटलीको रोममा जी ट्वान्टी सम्मेलन शुरु हुनु अघि उनले जी ट्वान्टी राष्ट्रका नेताहरुलाई जलवायु परिवर्तनको खतरनाक समस्या हल गर्न र कोरोनाको खोप वितरणको असमानता हटाउन आह्वान गरेका हुन् । आजदेखि सुरु हुने सम्मेलनले विश्व जलवायु सम्मेलनबारे धारणा तय गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया