राजनीति

नेपाल बारले प्रधानन्यायधीशविरुद्ध विरोध कालोपट्टी बाँधेर विरोध गर्दै


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा आज विरोधको कार्यक्रम गर्दै छ । एशोसिएसनले बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्न लागेको हो ।

विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले जानकारी दिनुभयो । प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ । १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ ।