राजनीति

छुट्टै पार्टी बनिसक्दा पनि रोकिएन ओली– नेपालको छेडखानी (भिडियोसहित)


काठमाडौँ – वैधानिक रुपमै केपीशर्मा ओली र माधवकुमार नेपालदुई भिन्न पार्टीको नेतृत्वगरिरहेका छन् । हिजोका दिनमा एउटै पार्टीमा रहँदाविद्रोही बनेका नेपाल नेकपाएकिकृत समाजवादीको अध्यक्षभने ओलीएमालेको । तर उनीहरु बीचको छेडखानी अझै उस्तै छ । अर्थात अहिले पनि सार्वजनिक रुपमै उनीहरु एकअर्कालाई भित्तामै पुग्ने गरि अभिव्यक्तीदिईरहेका छन ।

शेर शेर एउटै जंगलमाधेरै बेर रहदैनन् भनेजस्तै एमाले अध्यक्ष केपीशर्मा ओली र माधवकुमार नेपालको टक्करकै कारण एमाले पार्टी फुटेको दुई महिनापुगी सकेको छ । नेपालकै शब्दमाभन्नुपर्दा वालुवानिचरेर तेल नआउने देखेपछि उनले विद्रोहगदै अर्को बाटो रोजेका हुन । झापाआन्दोलन हुँदै को–अर्डिनेसन केन्द्रमाजोडिन आएकाओली र कोअर्डिनेसन केन्द्रबाटै पार्टी एकीकरण अभियानथालेका नेपालबीचकरिब ४७वर्ष लामो सम्बन्धभएपनिपछिल्लो समय उनीहरु संगै बस्न सकेनन् ।

मदन भण्डारीको मृत्युपछि कुनै बेलायीदुई नेता देशव्यापीकार्यक्रममाजाँदा एउटै जहाज र एउटै गाडीमा हिँड्दैनथे। उनीहरूमापार्टीप्रतिको लगाव र मायाभने यति धेरै थियो, कहिलेकाहीँ मनमुटाव भइहाले पनि चाँडै मिलिहाल्थे। तर पछिल्लो समय देखिएको खटपटले उनीहरूलाई फरक बाटो रोज्न बाध्यबनायो । उनीहरुलाई नेकपाहुँदाओलीलाई गरिएको कारबाही र एमाले ब्युँतिएपछि नेपालमाथिचलाइएको कारबाहीले फुटको बाटोमापुर्याईदियो । यो बीचमा एक–अर्का लक्षितबचनकातिखातिर पनि पार्टी फुटको मुख्य कारण बन्यो । आफु मात्र ठिक भएको प्रमाणित गर्न उनीहरुले यतितलगिरेरर अभिव्यक्तीदिएकीयहि कारण उनीहरु एक अर्काको मुखसम्म हेर्न सक्ने स्थीतीमा रहेनन् । तर अहिले फरक पार्टीमा रहेपनिउनीहरुबीचको यो छेडखानीको श्रृखलाअझै टुङिगएको छैन ।

यसरी शुक्रबार मात्रै पोखरामानेपालले केपीओलीसँगै एमाले पनि सकिने दाबी गरेका थिए ।एमालेमा बस्नेहरूको भविष्यनभएको भन्दै उनले अब एमालेलाई टर्च बालेर खोज्नुपर्ने स्थिति आउने बताए।अझै अघि बढेर आफ्नो समूह छाडेर एमालेमा बस्ने नेताहरूको हरिबिजोग हुने बताएकानेपाललेएमालेमाकुनै नीति र विधिनभएको उल्लेख गर्दै उनले त्यहाँ रहनेहरू निजीकम्पनीको सदस्यका रूपमा रहने जिकिर गरे। तर शनीबार नै ओलीपनि नेपाल विरुद्ध आफ्नो तितो पोखिहाले । काठमाडौंमाएमालेको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामनाआदानप्रदानकार्यक्रमलाई सम्बोधनगर्दै ओलीले नेपाल देश बनाउननभई नेताबिगार्न देशभर कुदेको टिप्पणी गरे ।

नेपालीमाउखान छ नजाने गाँउको बाटै नसोध्नु तर नेपाल र ओलीभने बाटो मात्रै होइनठेगाना समेत सोधिरहेका छन । अर्थात दुई फरक पार्टी भईसक्दा समेत आफूलाई सहि देखाउने नाममाउनीहरु आरोप प्रत्यारोप मै व्यस्त छन । आफ्ना मुद्धाहरु लिएर जनतामाझजानुपर्नेमाउनीहरु यसरी अरुलाई खुल्याएर आफू ठुलो हुनमै भलाई देखिरहेका छन ।