समाचार

एनआरएनए मेरिल्याण्ड च्याप्टरको सल्लाहकारमा शशि थापा मनोनित



काठमाडौँ – लमजुङ अमेरिका सेवा समाजका अध्यक्ष शशि थापा एनआरएनए मेरिल्याण्ड च्याप्टरको सल्लाहकार मनोनित भएका छन् । सक्रिय समाजसेवी थापाले मेरिल्याण्डमा बिभिन्न सामाजिक कामहरुमा सक्रिय छन् । उनले नेपालमा पनि विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् ।

थापासँगै विभिन्न ११ जना व्याक्तित्वहरुलाई सल्लाहकार मनोनित गरिएको च्याप्टरका अध्यक्ष राजु पराजुलीले जानकारी दिए । यसरी मनोनित हुनेहरुमा बिष्णु बराल, बिनोद उप्रेती, अनु वन्त, सवी थापा, कुल प्रसाद गुरुङ, धर्म बेलबासे, बिक्रम केसी, सन्तोष पौडेल, अंशु कार्की र ओसाविन श्रेष्ठ रहेका छन् ।

मनोनित सल्लाहकारहरुलाई आउने हप्ता हुने च्याप्टरको कार्यालय उदघाटन समारोहमा प्रमाण पत्र दिने कार्यक्रम रहेको मेरिल्याण्ड च्याप्टरले जानेको छ।

मेरिल्याण्डमा बसेर सामाजिक र व्यवसायीक सेवा प्रदान गरिरहेका व्यक्तित्वहरु मध्येबाट सल्लाहकार चयन गरिएको पनि अध्यक्ष पराजुलीले बताए ।