समाचार

यो सातामा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढ्यो



काठमाडौँ – यो सातामा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सातामा सुनको मूल्य ३०० रुपैयाँले बढेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको कारोबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा भएको थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला ९२ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, अघिल्लो शुक्रबार तोलामा ९१ हजार २०० रुपैयाँ तोकिएको तेजाबी सुनको मूल्य यो साताको शुक्रबार ९१ हजार ५०० रुपैयाँ पुगेको छ । सुनको मूल्य बढेको सातामा चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ ।