राजनीति

काँग्रेस नेता सिंहले गरे मूल्यवृद्धिको चर्को आलोचना



काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको बेला जनता मारमा पार्नेगरी मूल्यवृद्धि गरेको भन्दै सरकारको चर्को आलोचना गर्नु भएको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका नेता सिंहले जनतालाई राहत दिने बेलामा ग्याँस, पेट्रोल, डिजेलसहितका दैनिक उपभोग्य बस्तुहरुको मूल्य वृद्धि गरेको उल्लेख गर्दै तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले निर्वाचनमा जाने बेलामा मूल्य वृद्धि गराएर आफ्नै पार्टी नेतृत्वको सरकारले जनतालाई जवाफ दिन सक्ने अवस्था समेत नबनाएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।

नेता सिंहले सरकारले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने, जनतालाई राहत दिने काममा विशेष ध्यान दिन जरुरी रहेको पनि बताउनु भयो ।