समाचार

सर्वाधिक खोजीको सूचीमा रहेका पासवान पक्राउ



काठमाडौँ– प्रहरीले विश्वनाथ पासवानलाई पक्राउ गरेको छ । सर्वाधिक खोजीको सूचीमा रहेका पासवानलाई महात्तरी प्रहरीले पक्राउ गरेको हो ।

लुटेरास्थायी घर सर्लाहीको लालबन्दी नगरपालिका २ पुनरवास भएका करिब ४० वर्षीय पासवान महोत्तरीको सोनमा गाउँपालिका ३ रघुनाथपुरबाट पक्राउ परेका हुन् । पासवान सिरहा, धनुषा, महोत्तरी, सर्लाहीदेखि बुटबलसम्म हतियारको बलमा लुटपाटको आतंक मच्चाएका पेसेवर लुटेरा भएको प्रहरीको दावी छ ।

पछिल्लो समय ०७८ असार ३ मा महोत्तरीको सम्सी गाउँपालिका १ पर्सा बजारमा बिरेन्द्र साहले आफ्नो घरमा संचालन गरेको राजिव ज्वेलर्स सुन चाँदी पसलमा लुटपाट गरेका थिए । त्यसैगरी, लालबन्दीबाट नयाँरोड हरीवनतर्फ गईरहेको ना. २ ख. ८७८५ नम्बरको ट्रकमा पासवानसहितका व्यक्तिले बम प्रहार गरी क्षति पुर्याएका थिए ।

हातहतियार देखाएर २ लाख १७ हजार ८२५ रूपैयाँ बराबरको सुनचाँदी लगायतका समान लुटेको ०६४ कार्तिक २० मा चन्द्रमणी कण्डेलको घरबाट नगद ३० हजार, सुनको गरगहना ८ तोला, क्यामरा, मोबाईल लगायतका समान लुटेर लगेको आरोपमा ईलाका प्रहरी कार्यालय बुटबलमा पासवानमाथि चोरी मुद्दा दर्ता छ ।