राजनीति

प्रहरीको झडपमा परी सीके रउतका कार्यकर्ता घाइते


काठमाडौँ – रौतहटमा सीके राउतको जनमत पार्टीका आधा दर्जन कार्यकर्ता घाइते भएका छन् । सदरमुकाम गौरमा कार्यकर्ताले निकालेको मसाल जुलुस प्रदर्शन गर्न खोज्दा उनीहरुबीच झडप भएको हो ।

घाइते हुनेहरूम अर्जुन कुशवाहा, इन्ताजुल मिया, अरुण यादव, छोटु रजक, रामप्रकाश ठाकुर लगायतका कार्यकर्ता छन् । घाइतेहरूको गौर अस्पतालमा उपचार भइरहेको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार नै जनमत पार्टीका जिल्ला अध्यक्ष ललित मल्लिक सानुको नेतृत्वमा मसाल जुलुस राखिएको थियो ।