राजनीति

कार्यवाहक प्रधानमन्त्री खाँणद्वारा पशुपतिमा पूजाअर्चना


काठमाडौँ – कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले शनिबार बिहान आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नुभएको छ । उहाँले मुलुकको समृद्धि, नेपाली जनताको सुख र शान्ति सुव्यवस्थाका लागि पशुपतिनाथसँग कामना गर्नुभएको बताउनुभएको छ ।

मन्त्री खाँणले पशुपति परिसरमा नै रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको पनि दर्शन गर्नुभएको छ । सो अवसरमा पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गर्नुभएको थियो ।
उहाँले सर्वसाधारणकै बीचमा रही लाइनमा बसेर पशुपतिनाथको दर्शन गर्नुभएको हो । दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग भलाकुसारीसमेत गरी करिब डेढ घण्टा समय बिताउनुभएको थियो ।