राजनीति

धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा राष्ट्रपति भण्डारी


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कनुभएको छ । अनौपचारिक भ्रमणको क्रममा भण्डारी लुम्बिनी, मुक्तिनाथ, ढोरपाटन, मनाङ जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रमा पुग्नुहुनेछ ।

राष्ट्रपति भण्डारी आज मुक्तिनाथतर्फ लाग्नुभएको छ । राष्ट्रपति भण्डारी आजै काठमाडौं फर्किने र भोलि लुम्बिनीमा जाने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी मंगलबार मनाङ जाने कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिको भ्रमणको सबै प्रबन्ध नेपाली सेनाले गरेको भण्डारीको सचिवालयले जनाएको छ । राष्ट्रपतिले सेनाको हेलिकोप्टरबाटै धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गर्न लाग्नुभएको हो ।