राजनीति

तीनै तहको निर्वाचन एकै पटक गर्न माधवको सुझाव


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले तिनै तहको निर्वाचन एकै पटकमा गर्दा राष्ट्रको सम्पति जोगिने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्न सके खर्च कम हुने बताउनुभएको हो ।

अध्यक्ष नेपालले आफ्नो समुह छाडेर एमालेमा बस्ने नेताहरुको हरिबिजोग हुने बताउनुभयो । एमालेमा बस्नेहरुको भविष्य नभएको भन्दै उहाँले अब एमालेलाई टर्च बालेर खोज्नुपर्ने स्थिति आउने दाबी गर्नुभयो ।