राजनीति

ओली प्रवृत्तिलाई प्रतिगमनकारीको संज्ञा


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिनुभएको छ । चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिनुभएको हो ।
प्रचण्डले ओली प्रवृत्ति नेपाल र नेपाली जनताको लागि घातक हो भन्ने कुरा स्थापित भएपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली बालुवाटारबाट बालकोट जानुपरेको बताउनुभयो । प्रचण्डले ओली बालुवाटारबाट बालकोट जानुभनेको ठूलो पराजय भएको बताउनुभयो । उहाँले ओली प्रवृत्तिलाई मलामी जाँदा हास्ने प्रवृत्ति भएको तर्क गर्नुभयो ।

प्रचण्डले राजनीतिलाई स्थिरता दिनुपर्ने बेलामा ओली प्रवृत्तिले त्यो हुन नदिएको बताउनुभयो । उहाँले राजनीतिक अस्थिरता देशले थेग्न सक्दैन भनेर स्थिरताको प्रश्ताव गर्दा ओली प्रवृत्तिले सफल बनाउन नदिएको आरोप लगाउनुभयो ।