देश

१५ न्यायाधीशविरुद्ध सर्वाेच्चमा रिट दायर


काठमाडौँ – इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमै रिट दायर भएको छ ।
अधिवक्ता कृष्ण प्रसाई, तोयानाथ ढुंगानालगायतले १५ न्यायाधीशविरुद्ध दायर गरेको रिटमा मुद्दा स्वच्छ सुनुवाइका लागि परमादेश जारी गर्न माग गरिएको छ ।
न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा बन्दी प्रत्यक्षीकरणसहित सुनुवाई प्रभावित हुँदा न्यायको हक उल्लंघन भएको भन्दै पेशी सूचीमा रहेका मुद्दा हेर्न परमादेशको माग गरिएको छ ।