राजनीति

प्रधानमन्त्री देउवा बेलायतमा, भेटघाट र कार्यक्रममा व्यस्त


काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवा स्टकल्याण्डमा हुने वल्र्ड लिडर समिटमा सहभागी हुने क्रममा बेलायतमा पुग्नुभएको छ । हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा देउवालाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायतले स्वागत गर्नुभएको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल आज र भोलि बेलायतमा विभिन्न भेटभाट र कार्यक्रममा व्यस्त रहनुहुने छ । प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र सचिव भरतराज पौड्याल, वन सचिव डा. प्रेमनारायण कँडेल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. माधवबहादुर कार्कीलगायत २१ जना रहनुभएको छ ।