काठमाडौँ – सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब कुपन्डोल र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको खेल तालिका अनुसार कात्तिक २९ गते हुने उद्घाटनमा फ्रेन्ड्स र सातदोबाटो भिड्ने भएका हुन् ।
सातदोबाटोले पहिलो पटक ’ए’ डिविजन लिग खेल्न लागेको हो । सातदोबाटो ’बी’ लिगको च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको हो । फागुन १४ गतेसम्म हुने लिगमा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । लिगमा कुल ९१ खेल हुनेछ । लिगका खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछ ।
यसैविच, ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेताले ७५ लाख पाउने भएको छ । यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन् । हरेक खेलको विजेताले ५० हजार पाउने छन् । खेल बराबरीमा सकिए दुबै टोलीले २५/२५ हजार पाउने छन् । अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।
प्रतिक्रिया