राजनीति

तिहारको मुखैमा सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले आजदेखि लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य बढाएको हो ।

पेट्रोलको साविकको बिक्री मूल्यमा तीन रुपैयाँले वृद्धि गरी एक सय ३३ रुपैयाँ कायम गरेको छ । डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर तीन रुपैयाँले नै बढेर एक सय १६ रुपैयाँ पुगेको छ । आन्तरिक तथा बाहृय हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य अमेरिकी डलर आठ सय ५३ प्रति किलो लिटर कायम गरिएको छ ।

यस्तै, निगमले खाना पकाउने एलपी ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रतिसिलिण्डर ५० रुपैयाँले वृद्धि गरी १५ सय रुपैयाँ पु¥याएको छ ।