राजनीति

न्यायलय विवाद : सेवा नै बन्द गर्नु न्यायधिसहरुको राजनीति कि रहर ? (भिडियोसहित)


काठमाडौँ — गत सोमबारयता प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको राजीनामाको विषयले समग्र न्याय क्षेत्र अस्तव्यस्त छ । न्यायलय खुला छ,सेवा दिने र सेवा लिने दुवै पक्ष सर्बोच्च अदालत परिसरमा नै छन । तर न्यायधिसहरु इजलासमा उपस्थित नहुँदा सुनुवाई हुन सकेको छैन । यसले दुरदराजबाट सेवा लिन आएका सर्वसाधरण मर्कामा परेका छन ।

सुनसरी दुहवीका राजकुमार रौनियार कार्तिक १० गते मुद्धाको पेसी भएकाले ९ गते काठमाडौ आईपुगे । आफन्तको मुद्धामा साक्षी बस्न आएका रौनियार काठमाडौको सुन्धारास्थित एक होटलमा बस्दै आएका छन । कार्तिक १० मा नै विहान १०ः३० बजे सर्वोच्वमा उपस्थिति भए पनि इजलास नै नबसेपछि सुनुवाई भएन । अहिले उनी हरेका दिन विहान १०ः३० बजे सर्वोच्वको प्राङगनमा पुग्छन यसरी नै काम हुन्छ कि भनेर कुरेर बस्छन ।

काम नभएपछि निराश भएर १ बजे तिर पुन होटल फर्किन्छन् । यो प्रक्रिया कहिलेसम्म चल्ने हो उनलाई थाहा छैन । दैनिक २५ सय तिरेर २ जना होटलमा बस्न बाध्य छन । न्यायालयलाई यसरी बन्दी बनाएर नागरिकलाई दुःख दिएको भन्दै सेवाग्राहीले आक्रोश व्यतm गर्छन ।

रौतहटका प्रह्लाद शाह पनि शुक्रबार मुद्धाको पेशी भएकाले विहिवार काठमाडौ आएका हुन् । सुन्धारा स्थित होटलमा बसिरहेका उनी विहान हतार हतार ११ बजे सर्वोच्व अदालत पुगे । तर अदालत भित्र पुगेपछि आज काम नहुने थाह पाए । उनलाई न्यायधिसहरु आन्दोलनमा छन त्यसैले काम नहुने भन्दै फकाई दिए । उनीहरु कहिलेसम्म बस्नुपर्ने हो काम कहिले बन्ने हो टुङगो छैन ।

न्यायलय अस्तव्यवस्त बन्दा सेवाग्राही मात्र होइन कानुन व्यवसायीहरु पनि मर्कामा परेका छन । अधिवक्त भूमिनन्द चुडालविगत ३५ वर्षदेखि निरन्तर स्वतन्त्र कानुन व्यवसायीको रुपमा सक्रिय छन । स्वयं न्यायधिसहरुले बेञ्च बहिष्कार गरेर न्यायलय लथालिङग् हुँदा सेवाग्राही मात्र नभई कानुन व्यवसायीहरु पनि समस्यामा परेको भन्दै उनले आक्रोश व्यतm गरे । न्यायधिसहरुका कारण वुद्धिजिवीहरुलाई वेरोजगार बनाएको उनको आरोप छ ।

प्रधानन्यायधिस चोलेन्द्र शमशेर जबरा र अन्य न्यायधिसहरु दुई कित्तामा विभाजित हुँदा मुलुकको सर्वोच्य न्यायालय नै सर्वसाधरणका लागि अन्याय गर्ने थलो बनेको छ । न्यायलयभित्र वेथितिले परकाष्ट नाघ्दा आम सेवाग्राही मर्कामा परिरहेको छ । यसतर्फ समयमा नै सरोकारवाला निकायका ध्यानकर्षण हुन जरुरी छ ।