राजनीति

कांग्रेसका १२ नेता प्रधानन्ययाधीश जबराको विपक्षमा


काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसको संस्थापन इतर समूहका १२ केन्द्रीय सदस्य सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विपक्षमा उभिएका छन् ।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर जबराविरुद्ध आन्दोलनरत न्यायाधीश र कानुन व्यवसायीको पक्षमा आफूहरुलाई उभिएका हुन् ।

सयुक्त प्रेश विज्ञप्ति जारी गर्दै कांग्रेसका केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गगनथापा लगायत १२ जना नेताले न्यायालयको नेतृत्वका विषयमा न्यायालय र न्याय प्रणाली भित्रैबाट उठेको बिरोधलाई सामान्य रुपमा लिन नमिल्ने भन्दै उनीहरुले यस्तो अवस्थामा कांग्रेस मौन बस्न नहुने बताएका हुन् ।

उनीहरुले अहिलेको अवस्थामा कांग्रेसले स्पष्ट दृष्टिकोणका साथ न्यायालय शुद्धीकरणको लागि भइरहेको लडाइँको पक्षमा उभिनु पर्नेमा जोड दिएका छन् ।