राजनीति

देउवालाई प्रधानमन्त्री बनाएँ, कांग्रेस कार्यकर्ताहरु रेणु र मलाई चितवनबाट लखेट्छौँ भन्दा रहेछन् : प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु यति बेला गृह जिल्ला चितवनमा सक्रिय छन् ।
प्रचण्डले शुक्रबार भरतपुर महानगरपालिकाले गरेको शुभकामना आदानप्रदानमा कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता(कार्यकर्ताप्रति असन्तुष्टि पोखेका छन् । दाहालले उक्त शुभकामना कार्यक्रममा सम्बोधनका क्रममा नेपाली कांग्रेसका नेता(कार्यकर्ताप्रति असन्तुष्टिसँगै गुनासो पनि पोखेका छन् ।

उनले आफ्नै मिहिनेतमा शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री भएको पनि जिकिर गरे। तर देउवालाई आफ्नै पहलमा प्रधानमन्त्री बनाउँदा पनि चितवनका कांग्रेस कार्यकर्ताले लखेट्न खोजेको गुनासोग गरे ।

‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हामीले ठूलो मिहिनेत गर्यौँ, मैले पनि धेरै बल लगाउनुपरेको थियोु, दाहालले भने, ुयस कुराले कांग्रेस कार्यकर्ता खुसी हुनुपर्ने हो । तर चितवनका कांग्रेस नेता कार्यकर्ता त अझै पनि प्रचण्ड र रेणुलाई लखेट्छौं भनिरहेका रहेछन्। यहाँका सभापतिहरुले बोलेको तपाईंहरूले सुन्नुभयो नि१ मलाई यो कुरा सुनेर बडो दुख लाग्यो ।ु