राजनीति

कार्यवाहक सभापतिको जिम्मा निधिलाई


काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवा एक साताका लागि बेलायत भ्रमणमा निस्केसँगै निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएको हो ।

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निधिलाई कार्यवाहक जिम्मेवारी दिइएको बताए । कांग्रेसको विधानमा व्यवस्था भए जस्तै निधिले कार्यवाहक सभापतिको जिम्मा पाएका हुन् । पार्टीको विधानमा सभापति देशबाहिर जाँदाका बखत पार्टी उपसभापतिलाई कार्यवाहक दिने व्यवस्था उल्लेख गरेको छ ।