राजनीति

फ्रान्सको जस्तो क्रान्ति हुँदैछ, नेपाली उकुसमुकुसको अवस्थामा छन्


काठमाडौँ – नेपालमा शासन व्यवस्था फेरिए पनि अवस्था भने नफेरिएको जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले बताउनु भएको छ । उहाँले अब राजनीतिक नेतृत्व नै परिवर्तन हुनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो ।
योहो खबरको नियमित कार्यक्रम योहो बहरमा बोल्दै डा.राउतले नेपाली जनताले सबै किसिमका शासन व्यवस्थाको अनुभव गरिसकेको बताउनु भयो । राजतन्त्रदेखि अहिलेको संघियतासम्म आउँदा नेपालमा केही परिवर्तन भएको छैन । राजतन्त्रमा जो माथिल्लो तहमा थिए आजको समयमा पनि तिनै व्यक्तिहरु छन् । व्यवस्था फेरिए पनि नेतृत्व तहमा भएका व्यक्ति नफेरिदा नेपालमा राजनीतिक अस्थिरता, अशान्ति झनै बढ्दो रुपमा देखिएको उहाँको बुझाई छ ।