पत्रपत्रिका

उपप्रधानमन्त्री नहुँदा कार्यवाहक प्रधानमन्त्रीको जिम्मा गृहमन्त्रीलाई


काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले कार्यवाहक प्रधानमन्त्री जिम्मेवारी सम्हाल्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नु भएको हो । ।

यसअघि प्रधानमन्त्रीको अनुपस्थितिमा उपप्रधानमन्त्रीले कार्यवाहकको जिम्मेवारी सम्हाल्ने गरेको थियो । वर्तमान सरकारमा उपप्रधानमन्त्री नभएको हुँदा गृहमन्त्रीलाई नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको हो। मन्त्रिमण्डलमा खाँण दोस्रो वरीयतामा छन् । बालुवाटार स्रोतका अनुसार खाँणले कार्यवाहक पाएका हुन् ।

शेरबहादुर देउवा आज बेलायत प्रस्थान गर्नुभएको छ । ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ सम्मेलनमा सहभागी हुन २० सदस्यीय टोलीसहित देउवा त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।