राजनीति

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । आज बस्ने बैठकले हिजोको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने गर्नेछ ।
हिजोको बैठकले चयन गरेको महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड आज अनुमोदन गरिने एमालेका एक नेताले जानकारी दिएका छन् । साथै बैठकले कात्तिक ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षाका साथै दसौँ राष्ट्रिय महाधिवेशनको बारेमा आवश्यक निर्णयसमेत गर्नेछ ।