राजनीति

सर्वोच्चका सबै न्यायाधीश राणाविरुद्ध एकजुट,राजीनामा नदिने प्रधानन्यायाधीश राणाको अडान


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सडकबाट राजीनामा माग्दैमा आफूले नदिने बताउनुभएको छ । उहाँले आफू संविधानअनुसार प्रधानन्यायाधीश बनेको भन्दै विधि र प्रक्रियाबाट बिदा गरेमात्र आफू जाने बताउनुभएको हो ।

प्रधानन्यायाधीश राणाले न्यायालयमा आफूले शुदृढीकरण गरिरहेकाले यो नचाहनेले आफ्नो राजीनामा मागिरहेको जिकिर गर्नुभएको छ । त्यस्तै आफूले मन्त्रिपरिषद्मा कुनै भाग नमागेको पनि दाबी गर्नुभएको छ । यता प्रधान्यायाधीश राणाले मन्त्रिपरिषद्मा भाग मागेको लगायत विषयमा विवादित भएपछि सर्वोच्चमा रहेका सबै न्यायाधीशहरु एकजुुट देखिएका छन् ।

१९ जना न्यायाधीशहरु राणाले राजीनामा दिनुपर्ने पक्षमा रहेका छन् । यस्तै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै थप आन्दोलन घोषणाको तयारी गरेको छ । कार्यसमितिको बैठक बसेर आज राणाविरुद्ध थप कार्यक्रम घोषणा गर्ने बारको तयारी रहेको छ ।