राजनीति

एमालेले भन्यो : सडकबाट प्रधानन्यायाधीशको राजीनामा माग्नु गलत भयो


काठमाडौँ – प्रमुख विपक्षी नेकपा एमालेले सडकबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्नु गलत भएको बताएको छ । प्रधानन्यायाधीश नियुक्त गर्ने तथा हटाउने संवैधानिक विधि रहेको भन्दै उसले जबरालाई हटाउने भए महाअभियोग ल्याउनु पर्ने तर्फ संकेत गरेको छ ।

बिहीबार एमाले स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले न्यायालयमा गुटबन्दी र चरम अराजकता देखिएको बताए । न्यायाधीशहरुको गुटबन्दीका कारण संकटकालमा समेत रोक्न नपाइने बन्दी प्रत्यक्षीकरणको मुद्दाहरु प्रभावित भएका भएको भन्दै ज्ञवालीले भने, ‘नागरिकको संविधान प्रदत्त अधिकारको हनन गर्ने उहाँहरुको यो गतिविधि असाध्यै अशोभनीय र दुःखद छ ।’

निश्चित राजनीतिक दल वा नेताहरुको स्वार्थका लागि न्यायालयका केही व्यक्तिले गरेको अपवित्र साठगाँठ अहिलेको समस्या भएको ज्ञवालीले बताए । तर त्यसतर्फ बहस नै नभएको र एक जना ९जबरा०लाई लक्षित गर्ने काम भएको बताए ।