राजनीति

नेतृत्वको स्वार्थमा पाँचौंपटक सर्‍यो काँग्रेसको महाधिवेशन, फेरिपनि तोकिएको मितिमा आशंका (भिडियोसहित)


काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसले निर्धारित समयमा महाधिवेशन गर्न नसक्ने निश्चित भएपछि पाँचौ पटक पार्टी महाधिवेशन मिति सार्ने गृहकार्य भैरहेको छ । लोकतान्त्रिक अभ्यासको मसिहा ठान्ने कांग्रेस महाधिवेशन समयमा नै सम्पन्न गर्न नसक्दा आलोचनाको शिकार भैरहेको छ ।

गत भदौ १८ गतेदेखि वडास्तरको अधिवेशन सुरु गरेर पार्टीको वैधानिकता जोगाउने प्रयास गरेको नेपाली काँग्रेस पाँचौ पटक महाधिवेशनको मिति पछि धकेल्ने गृहकार्यमा छ । बुधबार बसेको निर्वाचन समितिको वैठकले यसअघि तय भएको मंसिर ९ देखि १३ सम्मको मितिलाई परिमार्जन गर्दै महाधिवेशन मंसिरको अन्तिममा धकेल्ने प्रस्ताव गरेको हो ।

जसको प्रस्ताव अनुसार बाँकी रहेका १३ जिल्लाको वडा/पालिका अधिवेशन कात्तिक २७मा, कात्तिक ३० मा पालिका, मंसिर ३ मा प्रदेश सभा अधिवेशन, मंसिर ६ मा संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० मा जिल्ला अधिवेशन,मंसिर १६ र १७ मा सात वटै प्रदेशको अधिवेशनर केन्द्रीय महाधिवेशनमंसिर २७गतेदेखि देखि पौष १ गते भित्र गर्ने प्रस्ताव गरिएको छ । फलतः पटकपटक मिति हेरफेर गर्ने तर महाधिवशेन नगर्ने नेतृत्वको परिपाटीले अझै पनि तोकिएको मितिमा महाधिवेशन होला त भन्ने प्रश्न उब्जाएको छ ।

काँग्रेसले १३ औं महाधिवेशन २०७२ फागुनमा सम्पन्न गरेको थियो । विधानतचार वर्षभित्र महाअधिवेशन गर्नुपर्ने भएपनि विशेष अवस्थामा एक वर्ष कार्यकाल लम्ब्याउन सकिने विधानमा उल्लेख छ । सोही व्यवस्था अनुसार१ वर्ष थप गरेर २०७७ फागुनमा महाधिवेशन गर्ने मिती तय गरियो । तर त्यो तोकिएको समयमा महाधिवेशन हुन सकेन । पुन संविधानको ६ महिना थप गर्न सकिने व्यवस्थाअनुसारकांग्रेसले विधान संशोधन गरेरै२०७८ भदौ ७ गतेदेखि १० गते महाधिवेशनको मिति तोक्यो । तर त्यो मितिमा पनि महाधिवेशन भएन ।

फेरीभदौ १६–१९ मा सारिएको मिति पछिल्लो पटकमंसिर ९ गतेदेखि १३गतेका लागि तय गरियो । तर क्रियासिल सदस्यता विवाद र पार्टीभित्रको आन्तरिक किचलोका कारण अन्तिम समयमा आएर तोकिएको समयमा महाधिवेशन नहुने भएको छ । निर्वाचन समितिले मंसिर २७ देखि पौष १ गतेका लागि केन्द्रीय महाधिवेशनगर्ने प्रस्ताव गरेको छ । पटक पटक महाधिवेशनको मिति सार्दा कांग्रेसको विरासतमाथि नै प्रश्न उठ्न थालेको छ । साथै कांग्रेसको नेतृत्वमाथि क्षमताको प्रश्न चिह्न खडा भएको छ ।

पार्टीभित्र सभापति देउवासहित सबैजसो गुटले आफ्नो लाइन बलियो बनाउन क्रियाशील सदस्यता वितरणदेखि नै सुरु गरेको तिकडमले महाधिवेशनलाई अनिश्चयको भूमरीतर्फ धकेलेकोे छ । नेतृत्वको यो रवैयाप्रति नेताहरु रुष्ट बनेका छन् । पटक पटक महाधिवेसन सार्नु पार्टी हित विपरीत भएको नेताहरुको तर्क छ । नेताहरुको पद मोह र स्वार्थका कारण महाधिवेशन अनिश्चित बनेको नेताहरुको बताउँछन ।

कार्तिक ६ गते वडास्तरबाट अधिवेशन सुरु गरेको प्रतिपर्धी दल नेकपा एमालेले तोकिएकै मितिमा धमाधम अधिवेशन सम्पन्न गरिरहेको छ । तर लोकतन्त्रको रटानमा मात्र व्यस्त कांग्रेस आफ्नै पार्टीभित्रको गुटगत खिचातानीका कारण अलोकतन्त्रिक अभ्यासमा गएको स्पष्ट छ । यसले आम कार्यकर्तामा वितृष्णा पैदा मात्र गरेको छैन कांग्रेसलाई पार्टीको वैधानिकता जोगाउनसमेत मुस्किल पर्ने देखिन्छ । यसतर्फ नेतृत्व गम्भिर बन्न जरुरी छ ।