राजनीति

कांग्रेस महाधिवेशनको कार्यकालिका हेरफेर


काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका हेरफेर भएको छ । बुधबार बसेको कांग्रेस निर्वाचन समितिको बैठकले आउँदो मंसिर २७ देखि महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।
बाँकी रहेका वडा अधिवेशन कात्तिक २७, पालिका अधिवेशन कात्तिक ३० मा हुनेगरि मिति तय गरिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी छ । यस्तै, मंसिर ३ मा प्रदेश निर्वाचन क्षेत्र, ६ गते प्रतिनिधि सभा निर्वाचन क्षेत्र र १० गते जिल्ला अधिवेशन गर्नेगरि मिति प्रस्ताव गरिएको छ । मंसिर १६ र १७ मा सातवटै प्रदेशको अधिवेशन गर्ने नयाँ कार्यतालिका प्रस्ताव गरिएको छ ।