राजनीति

चार बजे एमाले स्थायी कमिटि बैठक बस्दै


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । अपराह्न चार बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठक आसन्न राष्ट्रिय महाधिवेशनको विषयमा केन्द्रित हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनुभयो ।

राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोटका विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो । एमालेको राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । स्थायी कमिटी बैठकमा वडा र पालिका अधिवेशनको समीक्षा पनि हुने उहाँले बताउनुभयो । एमालेले कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशन गरेको थियो । केही वडा र पालिकामा भने अधिवेशन हुन बाँकी रहेको छ ।