राजनीति

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची


काठमाडाैँ – प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका महासचिव भरतराज गौतमका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । एमालेले बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ ।

सभामुख र प्रतिपक्षी एमालेबीच संवाद समेत हुन सकेको छैन् । सभामुख अग्नि सापकोटा र प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकसमेत एमालेले बहिस्कार गरेको थियो । निरन्तर संसद बैठक अवरुद्ध भइरहँदा एमालेकै नेताहरूसमेत असन्तुष्ट देखिएका छन् ।