राजनीति

राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्दै, सवा तीन बजे शपथ


काठमाडौँ – बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको दाबी पेश भएको छ । गठबन्धनका तर्फबाट ५९ सांसदको समर्थनसहित पाण्डेले प्रदेश प्रमुख यादव शर्मा समक्ष दाबी पेश गर्नुभएको छ ।

यसअघि प्रदेश प्रमुख शर्माले आज दिउँसो ३ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको थियो । ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सांसद चाहिनेमा गठबन्धनले ५९ सांसदको हस्ताक्षर बुझाएको समाजवादीका सांसद वसन्त मानन्धरले जानकारी दिनुभयो ।

दाबी पेश गर्ने समय सकिएपछि पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुनुहुने छ । आजै दिउँसो सवा ३ बजे सपथ लिने तयारी रहेको छ ।