राजनीति

मुख्यमन्त्री पदकै लागि माधव समूह छाडेकी शाक्यलाई फापेन ओली साथ


काठमाडौँ – एमालेको विभाजनपछि अल्पमतमा परेकी वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मीले अन्ततः पदबाट राजीनामा दिएकी छिन । शाक्यको बहिर्गमनसँगै नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनमा प्रदेश सरकारको बाँकी अवधि एकीकृत समाजवादी र कांग्रेसले आलोपालो गर्ने सहमति भएको छ ।

संघीय संरचना अनुसार पहिलो पटक सम्पन्न निर्वाचन पछि एमाले र माओवादी केन्द्र मिलेपछि बनेको नेकपाले झन्डै दुई तिहाई बहुमत प्राप्त गरेका थिए । नेकपाले ७ प्रदेशमध्ये ६वटा प्रदेशको नेतृत्व गरेको थियो । तर नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र अस्थित्वमा आएपछि एमालेले क्रमश प्रदेश नेतृत्वबाट हात धुन बाध्य भएको छ । पार्टी विभाजनपूर्व एकल बहुमत रहेको प्रदेश नम्बर एकका मुख्यमन्त्री भीम आचार्य पूर्णत अल्पमतमा छन भने वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासका मत नपाउने पक्का भएपछि बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएका छिन ।

बहुमतप्राप्त दलको संसदीय दलको नेताका रूपमामुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य अल्पमतमा पर्दै ७१ दिन पछि मुख्यमन्त्री पदबाट विदा भईन । एमाले विभाजनपूर्व लामो समयदेखि माधव कुमार नेपाल निकट रहेर राजनीति गरेकी शाक्य मुख्यमन्त्री पदकै लागि माधव समूह छाडेर ओलीको साथ रोजेकी थिइन । तर शाक्यलाई ओलीको साथ फापेन। पहिलो महिला मुख्यमन्त्री बनेकी शाक्य नेतृत्व सरकार ७१ दिनमै ढल्यो । राजीनामा घोषणा गर्दै प्रदेशको विकासका लागि मिलेर अगाडि बढ्नु विकल्प नभएको बताउँदै मार्ग प्रशस्त गरेकोशाक्यले बताईन ।

शाक्यको बहिर्गमनसँगै नेकपा (एस)का नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशका मुख्यमन्त्री बन्ने भएका छन् । प्रदेश सरकारको बाँकी अवधि एकीकृत समाजवादी र कांग्रेसले आलोपालो गर्ने सत्ता गठबन्धनमा यस अघि नै सहमति भइसकेको छ ।संविधान बमोजिम विश्वासको मत लिन ढिला गरेको आलोचना खेपेकी शाक्यलाई प्रतिगमनको पक्षमाउभिएको भन्दै कुनै पनि हालतमा सहयोग गर्नै नसकिने मुख्यमन्त्रीका दावेदारहरुले बताएका छन ।

जनमत सहित मुलुकको शतिmशाली पार्टी बनेको नेकपाले झन्डै तीन वर्ष सत्ता सञ्चालन गर्यो । तत्पश्चत नेकपा र एमालेको विभाजन ओली र एमालेलाई महंगो परेको छ । संघमा दुई तिहाई बहुमत सहितको सरकारको अस्तित्व समाप्त गरे । प्रदेश पनि नेकपा एमालेविहिन हुँदैछ । प्रदेश नम्बर एक मा पनि एमाले नेर्तत्वको सरकार अल्पमतमा परेकोले बहिर्गमन निश्चित छ ।