राजनीति

माधवको पार्टीले पायो चुनाव चिह्न कलम


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागि पार्टीका मन्त्रीहरूलाई १० बुँदे निर्देशन दिनुभएको छ । बुधबारअन्तर पार्टी निर्देशनमार्फत् उहाँले आफ्ना पार्टीका मन्त्रीहरुलाई उक्त निर्देशन दिनुभएको हो ।

सरकारमा रहेर देश र जनताको निम्ति राम्रो काम गर्न सकियोस् भन्ने उद्धेश्यले पार्टीको तर्फबाट मन्त्रीलाई निर्देशन दिइएको हो । निर्देशनमा निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त रहने, राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने, विवादमा पर्ने कुनै पनि काम नगर्न, असल आचरण र संस्कारको अवलम्बन गर्न, गठबन्धनको भावना अनुरूप अन्य दलहरूसँग सहकार्य गर्न निर्देशन दिइएको छ ।

समाजवादी पार्टीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ मन्त्री र भवानी खापुङ राज्यमन्त्री भएका छन् । यसैबीच निर्वाचन आयोगले आज एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको छ ।