देश

बसाइँसराईले रित्तिदै पहाडका गाँउ, भेटिन्छन ताला लागेका र भत्किएका घरहरु, मर्दापर्दा चाहिने मान्छेकै अभाव


काठमाडौँ – सेवा, सुविधा तथा रोजगारीको खोजी र द्वन्द्वले उजाडिएका पहाडि बस्तीहरु अझै पुर्नजिवित हुन सकेका छैन । नयाँ नेपाल निर्माण हुन्छ, गाउँगाउँमा विकास पुग्छ अनि गाउवस्ति हराभरा हुन्छ भन्ने आशामा वसेकाहरु निराश हुन थालेका छन् । रोजिरोटिको र सुविधाको खोजीमा उजाडिएको गाउँमा अब केहि घरहरु मात्र वाँकी छन । अधिंकाश मानिस बसाई तराई झर्ने र शहर पस्न थालेपछि अधिकांश ग्रमिण बस्तिको जस्तै संखुवासभा खादवारी नगरपालिका–६ स्थित योगिडाँडा पनि यसबाट अछुतो छैन ।

६७ वर्षिय टिकादेवी त्रिताललाई गाउँ यस्तो निर्जन बन्ला भन्ने कल्पना समेत थिएन । उनको घरै छेउको यो मुलबाटोमा हजारौ बजारेको ओहोरदोहोर देखेकि उन्लाई आजकाल सपना जस्तो लाग्छ । द्धन्द कालमा समेत रातैभरी गित गाएर मान्छे ओहोरदोहोर गर्ने यो बाटो १६–१७ बर्षको अन्तरालमा घारि र झाडिले छोपिएको छ । वाक्लो गाउँ सुनसान बनेको छ । गाँउ विगतमा भन्दा विकसित हुँदै गएको छ । मोटरबाटो खानेपानी र विद्युतको सेवा पनि पुगेको छ । तर बसाई सरेर जानेहरु भने रोकिएका छैनन । त्यसैले विगतमा मान्छेहरुको रनघन देखिकि उन्लाई आजको निर्जन गाउँ देखेर विरक्त लाग्न थालेको छ ।

कुनैवेला वाक्लो वस्ति रहेको योगिडाँडामा अचेल भत्किएका घर र वाझा खेतहरु मात्र छन । अधिंकाश घरहरु भत्किएका छन् भने कतिपय घरहरुमा ताल्चा लागेको छ । वाँकी रहेका घरहरुमा समेत बुढापाका मात्र वाँकी छन । दन्दकालको उत्कर्षताका रित्तिन सुरु गरेको यो गाउँ यहि अवस्था रहे अबका केहि बर्षभित्र मानवविहिन बन्ने देखिन्छ । धेरै मान्छेहरु बसाई सरेर तराईका जिल्ला र शहरी क्षेत्र गएभने वाँकी केही वैदेशिक रोजगारीमा । अध्ययन र जागिरका लागि शहर हेलिएकाहरु गाउँ फर्किदैनन् ।

जसको कारण अहिले गाउँमा वृद्ध–वृद्धा र बालबालिका मात्रै हुनाले गाउँमा मर्दा–पर्दा अगाडि सरेर काम गर्न सक्ने व्यक्ति नभएपछि त्यहाँका स्थानीय चिन्तत बन्न थालेका छन् । घट्दो मानववस्तीका कारण जंगली जनावरको आतंकले वालीनाली जोगाउन समेत गाह्रो पर्न थालेको छ । परिणामत ः कुनै समय वडाको केन्द्र भाग रहेको गाउँमा अहिले मुस्किलले सय जना वाँकी रहेका छन ।

यो त एउटा प्रतिनिधि गाउँ मात्र हो । द्धन्द्धकाल र त्यसपछि उजाडिएका देशका यस्ता धेरै पहाडी गाउँहरुले अझै पुर्नजीवन पाउन सकेका छैनन् । २०२० सालपछि सुरु भएको हिमाली र पहाडी क्षेत्रबाट तराईमा बसाइँ सर्ने प्रवृत्ति हिजोआज परम्पराकै रुपमा निरन्तरता पाएको छ । शिक्षा, स्वास्थ्यको सहज पहुँचसँगै भौतिक सुखसुविधा प्राप्तिका लागि गाउँ छाड्ने क्रम बढ्दो छ भने शहरी क्षेत्र र तराइका जिल्लाहरुमा भने जनघनत्व बढ्दो छ । यता गाउहरु भने थोत्रा र भत्किएका खालि घरहरु संग्रहालय जस्तो बन्दै गएका छन ।