राजनीति

प्रधानन्यायाधीशको विषयमा न्यायाधीशहरूले आज बैठक बसेर सामूहिक धारणा बनाउने



काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अडान लिएपछि सहकर्मी न्यायाधीशहरू आगामी कदमबारे छलफलमा जुटेका छन् ।

जबरालाई राजीनामाका लागि दबाब दिन नियमित इजलास बहिष्कार गर्ने न्यायाधीशहरूको रणनीति छ । औपचारिक रूपमै इजलास बहिष्कार गर्ने, अदालतमै नआउने, भद्र विरोध जनाउने वा अन्य विकल्पमा जाने भन्ने विषयमा छलफल हुने बताइएको छ । आज बिहान साढे ११ बजे बैठक बसेर सामूहिक धारणा बनाउन लागेका हुन् ।

न्यायाधीशहरुले यसअघि मंगलबार प्रधानन्यायाधीश जबरासँग आधा घन्टा छलफल गरेका थिए । तर, जबराले संवैधानिक रुपमै आफू चल्ने बताउनुभएको थियो ।