राजनीति

प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने नेपाल बार एसोसिएसनको निष्कर्ष


काठमाडौँ – कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

नेपाल बार एसोसिएसनको केन्द्रिय समितिको बैठकले न्यायपालिकाको नेतृत्वमा गम्भीर आरोप लागेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयको स्वतन्त्रता निष्पक्षता आँच आउने काम गर्नु भएको भन्दै राजीनामाको विकल्प नरहेको बैठक पछि नेपाल बार एसोसिएसनका महासचिव अधिवक्ता लीलामणि पौडेलले जानकारी दिनु भयो ।

प्रधानन्यायाधीशले राजीनामा नदिए एशोसिएसनले देशभरका बार इकाईमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने पनि महासचिव पौडेलले बताउनुभयो ।