काठमाडौँ – सरकारले अमेरिकाबाट प्राप्त फाइजर खोपको प्राथमिकतामा बालबालिकालाई राखेको छ । यससँगै १८ वर्ष मुनिका बालबालिकाले पनि कोरोनाविरुद्धको खोप पाउने भएका छन् । यता विज्ञहरुले फाइजर खोप दीर्घरोगीका लागि पनि उपयुक्त रहेका बताएका छन् । विश्वभरि नै कोरोना संक्रमणबाट बच्नको लागि खोप अभियान चलिरहेको छ । खोप अभियानमा अधिकांश देशमा १८ वर्षभन्दामाथिकालाई सहभागी गराइएको छ । विभिन्न देशले बालबालीकालाई पनि खोप दिई रहेका छन् । नेपालमा १८ वर्ष भन्दा माथिको नागरिकहरुको लागि खोप अभियान चलिरहेको छ ।
विज्ञहरुका अनुसार केही विकसित देशबाहेक अधिकांश क्षेत्रमा १८ वर्षमुनिका किशोरकिशोरी तथा बालबालिका खोप अभियानमा सहभागी नभएका कारण उनीहरुलाई संक्रमणको जोखिममा छन् । उसो त नेपालमा बालबालिका मात्र नभएर अधिकांश नागरिकले खोप पाएका छैनन्।सरकारले केहि दिन अघि अमेरिकाबाट एक लाख बढि फाइजर खोप प्राप्त गरेको छ । यो खोपमार्फतमुटुको समस्या भएका, मिर्गौलाका दीर्घरोगी, मधुमेह भएका दीर्घरोगी र बालबालिकालाई कोभिडको जोखिमबाट केही हदसम्म जोगाउन सकिने विज्ञहरु बताउछन् ।
अमेरिकी खोप निर्माता कम्पनी फाइजरले बायोएनटेकसँग मिलेर विकास गरेको कोरोना भाइरसविरुद्धको खोप अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालीकालाई लगाइएको छ। खोप उत्पादक कम्पनीले गएको मार्चमा परीक्षणको नतिजा प्रकाशित गर्दै १२ देखि १५ वर्षसम्मका बालबालिकामा खोप प्रभावकारी रहेको बताएको थियो। योसँगै विभिन्न अनुसन्धानले फाइजरको खोप बालबालिकामा निकै प्रभावकारी देखिएको उल्लेख गरेसँगै एफडिएले आपतकालीन प्रयोग अनुमति दिएको थियो । फाइजर खोप कतिको प्रभावकारी भन्ने विषयमा विज्ञहरु यसो भन्छन् ।
फाइजर खोप नेपाल आएको पहिलोपटक हो । फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ । अमेरिकाबाट आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने तयारी छ । त्यो खोप आएपछि बालबालिकालाई पनि लगाइने सरकारको तयारी छ ।यसअघि नेपालमा अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।
प्रतिक्रिया