राजनीति

पार्टी नेतृत्वमा शीर्ष नेताकै हालीमुहाली, नयाँ राजनीतिक नेतृत्वको उदय संकटमा (भिडियोसहित)


काठमाडौँ –शीर्ष राजनीतिक दलहरु पार्टी संगठन बलियो बनाउने अभियानमा जुटेका छन । संघीय संरचना अनुसार स्थानीय तहदेखि केन्द्रसम्म नेतृत्व फेरबदल गर्ने चटारोमा राजनीतिक दलहरु रहेका छन् । तर पार्टीको तल्लो तहमा नेतृत्व फेरवदल भए पनि शीर्ष तहमा पुरानै अनुहारको हालीमुहाली हुने स्पष्ट छ ।

नेपाली राजनीतिक वृत्तमा पुस्ता हस्तान्तरणको बहस नयाँ होइन । राजनीतिक मुलधारमा युवा नेतृत्वको सहभागीता निरन्तर चर्चामा छ । यो विषय दलगत अथवा चुनावी महोलका बेला अझ शसतm हुने गर्दछ । तर कार्यन्वयन पक्ष फितलो छ । शीर्ष नेतृत्वको पद मोह साथै राजनीतिमा सक्रिया दोस्रो र तेस्रो पुस्ता भनिएका नेताहरुको नेतृत्वप्रतिको चाकडीपनका कारण पनि नयाँ राजनीतिक नेतृत्वको उदय असम्भवप्राय छ । यतिवेला शीर्ष राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र पार्टीको पुर्नसंरचना र संगठन विस्तार गर्ने कार्य अगाडि बढाएका छन । यी पार्टीहरुमा तल्लो तहमा नेतृत्व हस्तान्तरण भए पनि पार्टीको केन्द्रिय नेतृत्व भने फेरिने अवस्था छैन । कांग्रेस सभापति देउवा जुनसुकै हालतमा दोस्रो पटक सभापति चयन हुने होडमा छन । सभापति हार्ने डरले चुनावमा मत आफ्नो पक्षमा पार्न क्रिशासिल सदस्य थपघट देखि महाधिवेशन पछि धकेल्नसम्मको खेलमा देउवा लागेको पार्टीकै नेताहरुले आरोप लगाउँदै आएका छन ।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा पार्टीको १० र्औ महाधिवेशसन गर्न लागेको नेकपा एमालेमा पनि ओली नै अध्यक्षमा दोहोरिने निश्चित छ । ७० वर्षे उमेर हदवन्दी कायम गरेको एमालेभित्र पनि ओलीको विकल्प नभएको नेताहरुको तर्क छ । आगामी पुषभित्र राष्ट्रिय सम्मेलन गर्ने योजनामा रहेको माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डकै हालीमुुहाली रहने पक्का जस्तै छ ।

राजनीतिक दलहरुमा युवाहरुको सहभागीता तुलनात्मक रुपमा सकरात्मक भए पनि शीर्ष नेतृत्वको विकल्प दिन सक्ने वा नेतृत्वप्रति टक्कर दिने नेताहरु न्यून छन् । प्रभावशाली नेतृत्व क्षमता भएको नेताहरु पनि अग्र भागमा आउनु भन्दा नेतृत्वकै गुनगान गाउने प्रवृत्ति भएका कारण पनि नेपाली राजनीति नसुध्रिएको कतिपयको विश्लेषण छ ।

राजनीतिप्रति युवाहरुको लगाव बढे पनि नेतृत्वलाई गतिशिल बनाउँदै नयाँ नेतृत्वको उदय गराउन नसक्दा नेपाली राजनीति र राजनीतिक दलप्रति नागरिकमा थप वितृष्णा पैदा हुँदै गएको छ । राजनीतिमा सक्रिय पात्रहरु नेतृत्वको चाकडी र गुनगानप्रति नतमस्तक हुँदा मुलुक बारम्बार राजनीतिक संक्रमणका शिकार हुँदै आएको छ । यसतर्फ शीर्ष नेतृत्व ,नेता र राजनीतिक दलहरुको ध्यानकर्षण हुन जरुरी छ ।