राजनीति

नेपालमा हुने गरेको जातिय विभेदलाई सदाको लागि अन्त्य गर्नुपर्ने गृहमन्त्रीको भनाई


काठमाडौँ – काठगृहमन्त्री बालकृष्ण खाँणले नेपालमा हुने गरेको जातिय विभेदलाई सदाको लागि अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

कार्तिक ७ र ८ गते काठमाडौंमा भएको दलित अधिकार सुनिश्चितताको लागि जनप्रतिनिधिको भुमिका विषयक दुई दिने दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको १५ बुँदे घोषणापत्र बुझाउन गृहमन्त्रालय पुगेका दलित समुदायका नेता तथा जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले जातिय विभेद गर्न नपाउने भनि संविधानमा स्पष्ट प्रावधान रहेको उल्लेख गर्दै सो प्रावधानलाई पालना गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

गृहमन्त्री खाँणले चाडपर्व मनाउने क्रममा दलित समुदायमाथि नेपालको कुनैपनि भुभागमा असमान व्यवहार नहोस् भन्नेमा राज्य प्रणाली संवेदनशील रहेको पनि बताउनुभयो ।