राजनीति

निश्चल घिमिरेको “खोजी” मुक्तक सङ्ग्रह लोकार्पण


काठमाडौँ –मुक्तककार निश्चल घिमिरेको मुक्तक सङ्ग्रह खोजीको लोकार्पण कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ।

मुक्तक मञ्च काठमाडौं शाखाको आयोजनामा गायक एवं मुक्तककार निश्चल घिमिरेको खोजी मुक्तक सङ्ग्रह लोकार्पण कार्यक्रम राजेन्द्र घिमिरेको सभापतित्वमा, प्रमुख अतिथिमा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्रा।जगत प्रसाद उपाध्याय “प्रेक्षित” , विशेष अतिथिहरुमा काव्य बिभाग प्रमुख प्रा डा हेम नाथ पौडेल , प्राज्ञ डा देवि नेपाल, प्रा डा गार्गी शर्मा, डा शैलेन्दु प्रकाश नेपाल , डा सत्य राज थपलिया, नेपाल मुक्तक प्रतिस्ठानका अध्यक्ष रामकाजी कोने , कवि आर एम डङ्गोल लगाएत थुप्रै बिशिष्ट साहित्यकारहरु उपस्थित थिए । त्यस्तै अतिथि हरुमा रत्नप्रसाद अनामणी, उमेश पाण्डे, बादल घिमिरे, श्यामराज पाठक, बैरागी जेठा, पुरुषोत्तम रसुवा लगायतको उपस्थिति थियो ।

अधिकांश प्रेमिल मुक्तक समाविष्ट भएको “खोजी” मुक्तक संग्रहमा जम्मा १३० मुक्तक छन्। कार्यक्रममा सन्तोष अमगांई, वसन्त ओली,किरण ढकालले संग्रह भित्रको मुक्तक वाचन गरेका थियो ।कार्यक्रममा स्वागत मन्तव्य मुक्तक मञ्च काठमाडौ शाखाका उपाध्यक्ष बसन्त पोख्रेल विवशले राखेका थिए भने कार्यक्रम सञ्चालन रविना घिमिरे जिज्ञासुले गरिन ।