राजनीति

प्रधानन्यायाधीश जबराको राजीनामा समस्याको समाधान होइन, हिम्मत भए महाअभियोग लगाऊ : अधिवक्ता कुँवर (भिडियोसहित)


काठमाडौँ – प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र देखिएको विचलन र प्रधानन्यायाधीशको भूमिकाबारे समीक्षामा जुटेपछि सोमबार दिनभर सर्वाेच्चका सबै इजलास प्रभावित भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले बोलाएको फुलकोर्ट बैठक अस्वीकार गरेका १४ न्यायाधीशहरु सोमबार छुट्टै छलफलमा जुटे । मुलतः न्यायापालिका नै प्रश्नहरुको कठघरामा उभिएका बेला प्रधानन्यायाधीशबाटै निकास आउनुपर्ने दबाव दिइरहेका उनीहरु मंगलबार भेटेर संयुक्त धारणा राख्ने तयारीमा छन् । राणाका गलत कार्यशैलीप्रति सहकर्मी न्यायाधीशहरु नै गरम बनेका बेला आइतबारसम्म नरम रहेको नेपाल बार पनि सोमबार कडा रुपमा प्रस्तुत भएको छ । बारले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै सोमबार राजीनामा माग गरेको हो ।

प्रधानन्यायाधीश राणामाथि मन्त्रिपरिषद्मा भागवण्डा खोजेको, संवैधानिक परिषद सम्बन्धी मुद्दाको सुनुवाइ पन्छाएको, न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको सुझाव कार्यान्वयन नगरेको, प्रतिनिधिसभा विघटनका मुद्दामा चलखेल गरेको र संवैधानिक अंगमा पदाधिकारी नियुक्त गर्दा भागवण्डा लिएको जस्ता गम्भिर आरोप लागेका छन् ।

शृंखलाबद्ध विवादले घेरिएका प्रधानन्यायाधीश अहिले आफ्नै उद्धारको अन्तिम कसरतमा छन् । तर कुर्सीमा बसेर यस्ता गतिविधि गर्दा समग्र न्यायालयको छवि धुमिल भएकाले न्यायाधीशहरु, पूर्वन्यायाधीश फोरम र वरिष्ठ अधिवक्ताहरुले अझै एक वर्षभन्दा बढी कार्यकाल बाँकी रहेका राणालाई राजीनामा दिएर घर जान दबाव दिइरहेका छन् । यसै सन्दर्भमा योहो टेलिभिजनको योहो बहस कार्यक्रम अधिवक्ता विक्रक कुँवर गरिएको कुराकानी :