राजनीति

प्रधानन्यायाधीश जबराले भने – महाभियोग सामना गर्न तयार छु, राजीनामा दिन्नँ


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान राखेका छन् । बीबीसी नेपाली सेवामा पत्रकार शरद केसीसँग अन्तर्वार्ता दिँदै प्रधानन्यायाधीश जबराले आफूले कसैको दबावमा राजीनामा नदिने बताएका हुन् ।

आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उनले सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने दृढता व्यक्त गरे । नेपाल बार एशोसिएशन तथा पूर्वप्रधानन्यायाधीश लगायतबाट राजीनामाको माग गरिरहेको बेला जबराको यस्तो अडान आएको हो । प्रधानन्यायाधीश जबराले आफू पदबाट बाहिरिने बाटो संविधानमा व्यवस्था रहेको भन्दै महाभियोगतर्फ सङ्केत गरे ।

‘संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो । न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ‚’ जबराले भने‚ ‘यसमा म प्रष्ट छु, म विधि र प्रक्रियाबाट आएको हुँ, विधि र प्रक्रियाबाट जान तयार छु ।’