राजनीति

संवैधानिक इजलासमा बस्ने न्यायाधीशले पनि राजीनामा दिनुपर्छ : महेश बस्नेत


काठमाडौँ – नेकपा एमालेका नेता तथा संघीय सांसद महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मात्र नभएर संवैधानिक इजालसमा बस्ने अन्य न्यायाधीशले पनि राजीनामा दिनु पर्ने बताएका छन् ।

नेकपा एमाले चाँगुनारायण वडा न. ६ कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले भने ‘प्रधानन्यायाधीशको राजीनामा हामीले मागेका छैनौं अरुले नै माग्न थालिसक्नु भो ।’

वर्तमान सरकार मयूरको प्वाँख लगाएको नक्कली काग भएको रहस्य खुल्दै गएको भन्दै बस्नेतले नेपालको न्यायालय कसरी चलेको छ भन्ने प्रष्ट भएको बताए । षड्यन्त्र र मन्त्री पदको बार्गेनिङ गरेर एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई हटाएको न्यायालयमा बस्ने अधिकार प्रधानन्यायाधीशलाई नभएकाले तुरुन्तै राजीनामा दिनुपर्ने उनको भनाई छ ।

एमाले चाँगुनारायण वडा न. ६ कमिटीको प्रथम अधिवेशनबाट सुरज बाँस्तोलाको नेतृत्वमा ३१ सदस्यीय नयाँ कमिटि चयन भएको छ ।